बजेट लगत्तै दुई दिनमा तोलामा ३५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

मंगलबार प्रतितोला २४ सय रुपैयाँले बढेर १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

बजेट लगत्तै दुई दिनमा तोलामा ३५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौँ । बुधबार सुनको मुल्य एकै दिन १५ सय रुपैयाँले बढेको छ । बजेट भाषणपछिको अर्कोदिन मंगलबार सुन तोलामा एकैदिन २४ सय रुपैयाँले बढेको थियो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

मंगलबार प्रतितोला २४ सय रुपैयाँले बढेर १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँ कायम भएको थियो । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको थियो । सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा मंगलबार १३ सय ७५ रुपैयाँ कायम भएको थियो । 

त्यस्तै आज बुधबार सुनको मुल्य १ लाख १२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ तोलामा कारोबार भइरहेको छ । चाँदी पनि बुधबार एकैदिन ३५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । 

खबरपाटी
खबरपाटी