बजेट सार्वजनिक भएको भोलिपल्ट नै सेयर बजारमा ठुलो गिरावट

बजेट सार्वजनिक भएको भोलिपल्ट नै सेयर बजारमा ठुलो गिरावट

आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक भएको भोलिपल्ट नै सेयर बजारमा ठुलो गिरावट आएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से ५३.१६ अंकले घट्दै १८ सय ८८.६१ अंकको विन्दुमा झरेको हो । 


तर, यता कारोबार भने २ अर्ब ३४ करोड १७ लाख रुपैयाँमाथिको भएको छ ।  आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । नेगेटिभ मार्केटकाबीच पनि आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वीट–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको मूल्य ९.२६ प्रतिशतले घट्न पुगेको छ । सरकारले सोमबार आगामी आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ ।  

खबरपाटी
खबरपाटी