सरकारले २०८० मा लगानी सम्मेलन गर्ने, गाजाँ खेतीको सम्भाव्यता अध्ययन गरिने : अर्थमन्त्री

सरकारले २०८० मा लगानी सम्मेलन गर्ने, गाजाँ खेतीको सम्भाव्यता अध्ययन गरिने : अर्थमन्त्री

काठमाडौँ । औषधी बनाउन गाजाँ खेतीलाई बैधानीकरण गरिने बजेट भाषण मार्फत अर्थमन्त्रीले बताएका छन् ।  सरकारले २०८० सालमा लगानी सम्मेलन गर्ने भएको छ। द्रुत मार्ग, सुरुङमार्ग, जलाशय र जलविद्युत लगायतमा वैदेशिक लगानी खोजिने बताइएको छ। 

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो बताएका हुन्। उनले विदेशी लगानीका लागि लगानी पूर्वाधार तय गरिने बताएका छन्। स्थानीय मुद्रामा आधारित हरित फन्ड र ऊर्जा फन्डबाट पुँजी जुटाइने बताएका छन्।

अन्तर्राष्ट्रिय वित्त बजारका लागि कानुनी व्यवस्था गर्नुका साथै नेपाली लगानीकर्तालाई विदेशी संस्थाबाट ऋण पाउन सहजीकरण गरिने बताएका छन्। 

यसैगरी विदेशी लगानीका लागि लाभांसमा सरलीकृत गरिने पनि अर्थमन्त्री महतले उल्लेख गरे। 

खबरपाटी
खबरपाटी