आज आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक हुने

सरकारले चालू आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्ने भएको छ

आज आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक हुने

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्ने भएको छ । आइतबार बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गर्नेछन् । संसद्को कार्यतालिकाअनुसार दिउँसो १ बजे आर्थिक सर्वेक्षण सार्वजनिक हुनेछ । 

सर्वेक्षणले आर्थिक वर्षभित्र भए गरेका आर्थिक प्रगति, समस्या र चुनौतीका साथमा आगामी आर्थिक वर्षमा गर्नुपर्ने सुधारात्मक कार्यक्रमहरू समेटिनेछन् । आजै ११ बजेदेखि बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुनेछ । छलफलपछि नियमावली मस्यौदा समितिको प्रतिवेदन आजै पारित गर्ने सम्भावित कार्यसूची छ 

खबरपाटी
खबरपाटी