सेयर बजारमा उच्च अंकको गिरावट, १७१ कम्पनीको सेयर मूल्य घट्यो

ओरालो यात्राले आज पनि निरन्तरता पायो

सेयर बजारमा उच्च अंकको गिरावट, १७१ कम्पनीको सेयर मूल्य घट्यो

सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ ।

आज सेयर बजार मापक नेप्से परिसूचक ४५.४२ अंकले घटेर २०६०.७३ बिन्दुमा पुगेको छ । यता ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ९.६८ अंकले बढेर ३६९.४२ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २२२ कम्पनीको ६६ लाख ४६ हजार ०३६ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ । आज १३ वटै उपसमूह राताम्य बनेको छ ।

आज ९ वटा मात्र कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको सेयर मूल्य घटेको छ ।

लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको नागरिक लगानी कोषको सर्वाधिक १५ करोड १० लाख ९७ हजार रुपैयाँको कारोबार गरेको छ ।

खबरपाटी
खबरपाटी