
एजेन्सी । भारत सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । भारतका अर्थमन्त्री निर्मला सितारमणले ल्याएको बजेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतीय संसदमा पेश गर्नुहुने भएको हो ।
अर्थमन्त्री निर्मलाले भारतमा ल्याउने यो ७ औँ बजेट हो । आज सार्वजनिक हुन लागेको बजेट एकै वर्षमा प्रस्तुत भएको दोश्रो बजेट हो । यसअघि गत फेब्रअरी १ मा अन्तरिम बजेट ल्याइएको थियो भने अहिले भने पूर्ण बजेट ल्याउन लागेको हो ।
यसअघि सोमबार अर्थमन्त्री सितारमणले आर्थिक सर्वेक्षण २०२३÷२४ प्रस्तुत गर्नु भएको थियो । आर्थिक सर्वेक्षणमा भारतको जीडीपी २०२४–२०२५ मा करिब ७ प्रतिशतका दरले बढ्न सक्ने अनुमान गरिएको छ ।
यससँगै आर्थिक वर्ष २०२४÷२५ मा मुद्रास्फीति ४ दशमलव ५ प्रतिशतले घटेर आर्थिक वर्ष २०२५÷२६ मा ४ दशमलव १ प्रतिशतमा पुग्न सक्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री नरेन्द्र मोदीले ६० वर्षपछि लगातार तेस्रोपटक सरकार आएको र तेस्रो पारीको पहिलो बजेट प्रस्तुत गर्नुहुनेछ । यो बजेटले आगामी पाँच वर्षको कामको दिशा तय गर्नेछ ।