७४ जिल्लामा डेंगुको आतंक , बिरामीको संख्या १० हजार नाघ्यो

७४ जिल्लामा डेंगुको आतंक , बिरामीको संख्या १० हजार नाघ्यो

काठमाडौं ।  डेंगु देशैभरि फैलँदै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज ९बुधबार० सार्वजनिक गरेको तथ्याङ्कमा देशभरि १० हजार ७२६ जना डेंगुका बिरामी देखिएका छन्। ७४ जिल्लामा डेंगु फैलिएको छ। 

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगु फैलिइरहेको बताए। उनले यसैगरी डेंगु फैलँदै जाने हो भने भदौ र असोजमा अत्यधिक हुने बताए। 

सन् २०२२ मा देशभरि ५४ हजार ७८४ जना डेंगुका बिरामी र तीमध्ये ८८ जनाको मृत्यु भएको थियो। 

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ‚ जुन लार्भा वयस्क भएर टोकेपछि डेंगु लाग्छ। 

यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ। कोशी प्रदेशमा ८ हजार १०९ जना, बागमती प्रदेशमा १ हजार ४५३  जना, गण्डकी प्रदेशमा ४७१ जना‚ सुदूरपश्चिम प्रदेशमा ३९३ जना, लुम्बिनी प्रदेशमा २१५ जना, मधेश प्रदेशमा ५७ जना र कर्णाली प्रदेशमा २८ जना डेंगुका बिरामी छन्। 

नयाँ देखिएका बिरामीमध्ये ९ हजार ६१२ जना ९८९ दशमलव ६ प्रतिशत० बिरामी १० जिल्लाका छन्।

सुनसरीपछि मोरङ १ हजार ३४४, धादिङ १ हजार २७ जना, कास्की २२५ जना, धनकुटा २२३, दार्चुला १९२ जना, झापा १८२, काठमाडौँ १५१ जना‚ सङ्खुवासभा १४८ जना र तनहुँमा ७९ जना डेंगुका बिरामी भेटिएका छन्। नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो।

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ। 

सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ।

खबरपाटी
खबरपाटी