![](/public/storage/admin/setting/vY9dtQDwL4BrDFncwmGIxRcxXrbSosXvgMWz4HuA.png)
लामखुट्टेहरू यतिबेला बढी नै सक्रिय देखिन्छन् । विशेष गरेर तराई क्षेत्रमा लामखुट्टेको प्रकोप देखिन्छ ।
लामखुट्टेको टोकाइबाट विभिन्न रोग फैलनुका साथै अन्य खतरा पनि निम्तिन सक्छ ।
लामखुट्टेबाट छुटकारा पाउन धेरै किसिमका धूप र ‘लिक्विड’हरूको प्रयोग गर्ने गरिन्छ । तर यिनमा धेरै केमिकल हुन्छ । यी केमिकलले केही समयको लागि लामखुट्टेलाई भगाएपनि यसको प्रयोगले धेरैजसोलाई एलर्जी र अन्य विभिन्न समस्याहरू हुने गर्दछ ।
बजारमा पाइने ल्याएको धूप र लिक्विडको प्रयोग स्वास्थ्यका लागि हानिकारक नै हुने गर्छ । त्यसैले यी यस्ता चिजको प्रयोगबाट मुक्ति पाउनका लागि यी चार घरेलु उपायहरूको प्रयोग गर्नु उपयुक्त हुनसक्छ ।
नीम – नीमलाई प्राकृतिक औषधिका रूपमा लिइन्छ र यसमा एन्टीब्याक्टेरियल गुणहरू पाइन्छ । अध्ययन अनुसार नीमको तेलमा अन्य केमिकलयुक्त धूपमा भन्दा दश गुणा बढी लामखुट्टे मार्नसक्ने शक्ति हुन्छ । यसको प्रयोगले स्वास्थ्यमा कुनै प्रकारको असर हुँदैन । नीमको पेस्ट छालामा दल्दा लामखुट्टे शरीरको वरिपरि आउँदैनन् ।
कागती र ल्वाँङ–कागतीलाई बीचबाट काटेर त्यसभित्र पाँच वा छओटा ल्वाँग राख्ने र कागतीलाई घरको हरेक कुनामा राख्ने हो भने लामखुट्टे घरबाट टाढा भाग्छ ।
तुलसी – तुलसीलाई हिन्दुहरूले भगवानको रूपमा पूजा गर्दछन् । तुलसीलाई घरआँगनमा रोप्नाले यसको बास्नाले लामखुट्टेलाई घरबाट टाढा राख्छ ।
लसुन – लसुनको केही टुक्रा र ल्वाँगलाई पिसेर पानीमा उमाल्ने । अनि यो पानीलाई राम्ररी छानेर स्प्रेको बोतलमा राख्ने र घरको सबै ठाउँ र कुनाहरूमा छर्ने । यसको प्रयोगले लामखुट्टेसँगै कीरा र माकुराहरूलाई पनि टाढा राख्छ ।