फागुन मसान्तसम्म कुन बैंकले कति कमाए नाफा ?

नेपाल राष्ट्र बैंकले २०७९ फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको नाफा तथा घाटाको विवरण सार्वजनिक गरेको छ

फागुन मसान्तसम्म कुन बैंकले कति कमाए नाफा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको नाफा तथा घाटाको विवरण सार्वजनिक गरेको छ । फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको नाफा ५३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । 

चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाको कुल नाफा ५३ अर्ब रुपैयाँ नाघेको छ ।  

४ खर्ब २४ अर्ब ८२ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजीसहित ६ खर्ब ७२ अर्ब ५६ करोड रुपैयाँ पूँजीकोष रहेका बैंकहरुले ८ महिनाको उक्त मुनाफा आर्जन गरेका हुन् । फागुन मसान्तसम्म बैंकहरुले ५६ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

फागुन मसान्तमसम्म वाणिज्य बैंकहरुले मात्रै ४८ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । फागुन मसान्तमा वाणिज्य बैंकहरुको ३ खर्ब ६८ अर्ब ५९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी र कुल पूँजीकोष ६ खर्ब १ अर्ब २१ करोड ९० लाख रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुले ४७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ४३ खर्ब १ अर्ब कर्जा लगानी गरेका छन् ।

विकास बैंकहरुले आर्थिक वर्षको ८ महिना सकिंदा ३ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । ३९ अर्ब ६३ करोड चुक्ता पूँजी र कुल पूँजीकोष ५२ अर्ब ८७ करोड रहेको विकास बैंकहरुले फागुन २०७९ सम्म करिब ५ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी ४ खर्ब ५७ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेका छन् ।

राष्ट्रिय स्तरका ८ विकास बैंकहरु छन् । जसमध्ये सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले आर्जन गर्दा गरिमा र शाइन रेसुङ्गाले त्यसलाई पछ्याएका छन् ।

फाइनान्स कम्पनीले पनि फागुन मसान्तसम्म ९८ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । करिब १४ अर्ब ८६ करोड चुक्ता पूँजी र १८ अर्ब ४८ करोड कुल पूँजीकोष रहेको छ ।

कुन वाणिज्य बैंकले कति कमाए ?

नबिल बैंक : ५.३३ अर्ब
ग्लोबल आइएमई बैंक : ४.३७ अर्ब
एन आइ सी एशिया बैंक : ४.०६ अर्ब
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड : ३.४९ अर्ब
राष्ट्रिय वाणिज्य बैंक : ३.३७ अर्ब
एनएमबि बैंक : २.६० अर्ब
प्राइम कमर्सियल : २.३९ अर्ब
स्ट्रयान्डर्ड चार्टड बैंक : २.२७ अर्ब
एभरेष्ट बैंक : २.२३ अर्ब
प्रभु बैंक : २.२२ अर्ब
नेपाल बैंक : २.१२ अर्ब
कुमारी बैंक : २.०६ अर्ब
सानिमा बैंक : १.७९ अर्ब
हिमालयन बैंक : १.७८ अर्ब
नेपाल एसबिआई बैंक : १.६४ अर्ब
सिद्धार्थ बैंक : १.५५ अर्ब
माछापुच्छ बैंक : १.४३ अर्ब
लक्ष्मी बैंक : १.३६ अर्ब
सिटिजन्स बैंक : १.२६ अर्ब
सनराइज बैंक : १.०९ अर्ब
कृषि विकास बैंक : ०.४१ अर्ब

कुन विकास बैंकले कति कमाए नाफा ?

मुक्तिनाथ विकास बैंक : ८७ करोड
गरिमा विकास बैंक : ६६ करोड
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक : ५६ करोड
महालक्ष्मी विकास बैंक : ४३ करोड
लुम्बिनी विकास बैंक : ३७ करोड
कामना सेवा विकास बैंक : ३२ करोड
सांग्रिला डेभलपमेन्ट बैंक : २९ करोड
ज्योति विकास बैंक : १८ करोड 

खबरपाटी
खबरपाटी