महिला दिवसको नाममा पुरुषहरूले आयोजना गर्ने कार्यक्रम साङ्केतिक मात्र नहोस् : प्रतिष्ठा थापा

समानता र समता महिलाहरूको मात्र जिम्मेवारी नभएर हरेक मानिसको जिम्मेवारी हो भन्दै महिलाहरूलाई आँटेको कुरा सक्छु भनेर गर्नुहोस् साथ दिने कोही न कोही भइहाल्छ भन्ने सन्देश उनको रहेको छ ।

महिला दिवसको नाममा पुरुषहरूले आयोजना गर्ने कार्यक्रम साङ्केतिक मात्र नहोस् : प्रतिष्ठा थापा

प्रस्तुत कोइराला/काठमाडौँ । पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो । वर्ष २०२३मा आजका दिन ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ । यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले चाहिँ सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो ।

सन् १९१० मा भएको महिलावादी आन्दोलनमा न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै: कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

नारी दिवसको कुरा गरिरहँदा नेपाल प्रहरीको प्रतिवेदन अनुसार नेपालमा दैनिक ५० भन्दा धेरै महिलाहरू माथि हिंसा हुने गरेको छ । 

ह्याम्स हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिष्ठा थापा नारी दिवस मनाउन नारीहरूलाई नै गार्‍हो रहेको बताउँछिन् । समानता र समतामूलक नेपाली समाज अझै पनि धेरै टाढा रहेको उनी देख्छिन् । 

एक शताब्द भन्दा लामो समय नारी दिवस मनाइराख्दा यस दिवसलाई केही राम्रो चिजको प्रतीक मानेर उत्सवका रूपमा मनाइनु पर्ने हो तर हाम्रो विडम्बना हाम्रो देशमा महिलाको प्रतिनिधित्व साङ्केतिक मात्र रहेको छ । नेपालको जनसङ्ख्यामा ५० प्रतिशत भन्दा धेरै महिलाहरू रहेका छन् र अपवाद बाहेक जति ठाउँमा महिलाले प्रतिनिधित्व गरिरहेका छन् ती सबै साङ्केतिक (टोकन्स्टिीक) मात्र रहेको उनको भनाई छ । 

राजनीतिक भाषामा समावेशितालाई प्रमुख प्राथमिकताका साथ बोल्ने गरिन्छ तर राजनीतिमा समेत नारी पुरुष बिच समानता र समता देखिन् । महिलाहरू हुनका लागि भइदिएको प्रतिनिधित्व उदाहरण मात्र बनेका छन् । विगतमा जस्तो छोरा छोरी माथिको भेदभाव हराउँदै त गएको छ तर विगतको प्रभाव अथवा पृतिसत्ताको प्रभावका कारण महिलाहरू अझै पनि पुरुषको छाया मै बस्न बाध्य छन् । 

उनी महिलाहरूलाई अझै पनि काम गर्ने वातावरण नरहेको बताउँछिन् । तर यो विषय उठाउँदा हरेक पुरुषबाट कसले रोकेको छ र भन्ने जवाफ मात्र आउने गरेको बताउँदै कसैले नरोके पनि काम गर्ने वातावरण नै नबनेको सिइओ थापाको भनाई छ । 

उनी पुरुषलाई मात्र दोष दिन चहारिन्न । पुरुषहरूको पनि नारी प्रति पूर्ण सहयोगको भावना नै रहेको छ तर पितृ सत्ता मुलुकमा विवाह पछि जागिर छोड्ने, बसाँईसराई गर्ने जस्ता त्याग र बलिदानको सिलसिला महिला बाटै सुरु हुने हुँदा समानता र समतामूलक समाजका लागि हामीले अझै केही समय कुर्नु पर्ने बाध्यता नै रहेको छ । 

ह्याम्स हस्पिटलका सिइओ थापाले आफ्नो अस्पतालमा हरेक वर्गका बिरामीहरू आउने गरेको बताइन् । ह्याम्स अस्पताल राजधानी काठमाडौँमा रहेको छ । जहाँ धेरै जसो काठमाडौँका धनाढ्य देखि पढेलेखेका बिरामीहरू आउने गरेका छन् । विपन्न एवं हरेक वर्गका महिला बिरामीहरूमा अपवाद बाहेक कोही महिला पनि आफ्नो निर्णय आफै गर्न सक्ने क्षमता हुँदाहुँदै पनि नगर्ने प्रवृत्ति रहेको उनी बताउँछिन् । जसका कारण महिलाहरू पछि परिरहेका छन् । 

तर पुरुष बिना महिलाहरूले निर्णय लिन नसक्ने स्थितिले मात्र नेपालको महिलाको प्रतिनिधित्व नहुने उनको जिकिर छ । अन्य क्षेत्रमा महिलाहरूले गरिरहेको कार्य क्षमता पनि मुल्याङकन गरी नेपालमा महिलाहरूको स्थिति बारे यकिन तथ्याङ्क सहित महिलाको प्रतिनिधित्व पात्र छान्न सकिने उनको भनाई छ । 

अर्को भनेको आर्थिक हिसाबमा महिलाहरू पिछडिएको सर्वविदित नै छ । सरकारले महिलाको नाममा विभिन्न सहुलियत लगायत आकर्षक योजनाहरू सार्वजनिक गर्दै आएको छ । तर, उक्त योजना, सहुलियतहरू महिलाको नाम र अनुहार प्रयोग गरी पुरुषहरूले नै उपभोग गरिरहेका छन् । समक्ष महिलाहरूले पनि गरिरहेका छन् तर सक्षम महिलाहरूको गुनासो झनै ठुलो रहेको उनको बुझाई छ । व्यवसाय गर्न होस् अथवा कुनै व्यापारमा संलग्न हुन, सरकारी नियम अनुसार महिलाहरूले साना साना बिना धितोको कर्जाहरू मात्र उपलब्ध हुने गरेको छ । नेपालमा ठुलो व्यवसाय गर्न ठुलो रकमको आवश्यकता पर्छ जुन सरकारी तहबाट भएको सहुलियत कार्यक्रम मात्रले धान्दैन, त्यसका लागि ठुलो धितोको आवश्यकता पर्दछ र महिलाहरूको पैतृक सम्पत्तिमा अधिकारको कानुन त सबैलाई उजागर नै रहेको छ । महिलाहरू उक्सिन सामाजिक, राजनीतिक परिवेशहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेको उनको बुझाई छ । 

सरकारी निकायहरूबाट नीति नियमहरू निर्माण पनि भइरहेका छन् जुन अत्यन्तै राम्रा पनि छन् । तर कार्यान्वयनको पाटो निकै फितलो देखिन्छ । महिलाहरू लाई सबै भन्दा ग¥हो सरकारी निकायमै हुने गरेको उनको अनुभव छ । कर्पोरेट सेक्टरमा पनि समस्या भएता पनि सरकारी सेक्टरमा महिला प्रतिको भेदभाव चर्को रहेको उनको भोगाई छ ।     

अन्त्यमा समानता र समता महिलाहरूको मात्र जिम्मेवारी नभएर हरेक मानिसको जिम्मेवारी हो भन्दै महिलाहरूलाई आँटेको कुरा सक्छु भनेर गर्नुहोस् साथ दिने कोही न कोही भइहाल्छ भन्ने सन्देश उनको रहेको छ । 

२०२३ को नारी दिवसको नारा समान हिस्सेदारीको आत्मसाथ भन्ने अर्थ लाग्छ । समानतालाई ई क्वालिटी भन्दै पैरवी गरिएको पछिल्ला वर्षहरूमा निकै समानताका लहर चर्चा गरिन्थ्यो भने अब नारी पुरुषको समान हिस्सेदारीको पैरवी गर्न थालिएको छ । नारी र पुरुषले समान ऊर्जा र हिस्साका साथ अघि बढ्ने वातावरणका लागि विश्व समुदायको यस पहल साकार रहोस् । 

खबरपाटी
खबरपाटी